बिर्तामोड, २३ जेठ–बिर्तामोडमा एक दिने बाख्रा पालन तालिम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा भएको तालिम आज सम्पन्न भएको हो ।

बाख्रा पालनमा देखिएको समस्या, व्यावसायिकक बाख्रा पालनमा ध्यान दिनु पर्ने कुराहरुको बारेमा कृषकहरुलाई जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बाख्रा पालन कृषकहरुको लागि आवश्यक प्राविधिक,औषधि उपचार तथा परामर्शमा कमी हुन नदिने बताउनुभयो । व्यावसायिक बाख्रापालनबाट कम्तिमा वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्नु पर्ने भन्दै उहाँले उत्पादन बढाउनु पर्ने बताउनुभयो ।

बाख्रापालन जीवन धान्नमात्र नभई व्यावसायिक तवरले गर्न आग्रह गर्दै उहाँले आफ्नो जमिन नभए पनि लिजमा लिएर गर्न सकिने धारणा राख्नुभयो । तालिममा ३५ जना सहभागि रहेको उक्त तालिमलाई सहारा नेपालका पशु विज्ञ डाक्टर कमलेश कुमार भाटले प्रशिक्षण दिनु भएको थियो ।

बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य निर्मला सुनारको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नगरपालिकाका अधिकृत मेघराज तिम्सिना लगायतको सहभागिता रहेको थियो । बिर्तामोड नगरपालिकाले बाख्रा पालक कृषकहरुलाई नगर पकेट बाख्रा साटासाट कार्यक्रम अन्तर्गत खोर निर्माणका लागि ३५ हजार रुपैयाँ र ३ वटा बाख्रा अनुदान दिँदै आएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *