दमक, २३ जेठ–दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कर्मचारी पदम बहादुर बिश्वकर्माको उचारको लागी दमक ९ पुर्वेली टोलबासीले आर्थिक सहयोग गरेका छन् ।
गत जेठ १५ गते दमक चियाबगान नजिकै अज्ञात सवारी साधनले ठक्कर दिई घाईते विश्वकर्माको उपचारको लागी टोलबासीले नगद १२ हजार ३
बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत विश्वकर्माको उपचारका लागी पुर्वेली टोल बिकाश संस्थाका अध्यक्ष उमानाथ न्यौपानेले विश्वकर्माका छोरा मेल्सन विश्वकर्मालाई उक्त सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।
विश्वकर्मा बाटोमा हिँडिरहेका बेला सवारी सधानले ठक्कर दिएको थियो । उहाँलाई ठक्कर दिने सवारी साधानको अहिलेसम्म पहिचान हुन सकेको छैन । उहाँको चिन्ताजनक अवस्थामा बिएण्डसी अस्पतालमा उपचार भैरहेको छ ।
घर-घरमा पानी जडान गर्न, मिटर रिडिङ गर्न आउने विश्वकर्मा प्रत्येक घरकै सदस्य जस्तो भएर कामगर्ने गरेको र उहाँ दुर्घटनामा परेको सुन्दा सबैलाई दुख लागेर उपचारमा सहयोग गरेको टोल बिकाश संस्थाका अध्यक्ष न्यौपानेले बताउनुभयो ।
सहयोग रकम लिँदै घाईते विश्वकर्माका छोरा मेल्सनले बुबाको अवस्था पहिला भन्दा सुधारोन्मुख भएको भन्दै उपचारमा धेरै रकम लाग्ने भएकोले सबैलाई सहयोगका लागी आग्रह गर्नुभयो ।
