दमक, २४ जेठ–गर्मी बढेसंगै केही दिन अघिदेखि बन्द भएका विद्यालयहरु पूनःसञ्चालनमा आएका छन् । दमकमा विद्यालयहरु सञ्चालनमा आएपनि गर्मी यथावत रहेको अभिभावकहरुको गुनासो छ । यता, दमकको सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयले गर्मीको समयमा विहानी कक्षा सञ्चालनमा ल्याएपछि विद्यार्थी र अभिभावकहरु खुशी छन् ।

विद्यालयका प्रिन्सिपल नविन योगीका अनुसार अझैपनि गर्मी अत्याधिक छ । दिनमा गर्मीका कारण पठनपाठन गर्न कठिनाई हुन सक्ने र विद्यार्थीहरुमा विभिन्न प्रकारका विरामी बढ्न नदिन आज (बुधबार) देखि बिहानी कक्षा सुरुवात गरेका हौं, प्रिन्सिपल योगीले भन्नुभयो ।

प्रिन्सिपल योगीका अनुसार विहानी कक्षा ६ः ३० वजेदेखि नियमित पठनपाठन गरिने छ । योगीले विद्यालयका अभिभावकहरु राय र सुझाव संकलन गरि आज विहानदेखि विहानी कक्षा स्ुरु गरिएको बताउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *