विराटनगर, २४ जेठ–कोशी प्रदेश सरकारले तीन सदस्यीय वार्ता टोली गठन भएको छ । बुधबार प्रदेश सरकारले पहिचानवादी समूहसँग वार्ता गर्नका लागि खानेपानी, सिचाइ तथा उर्जा मन्त्री तिलकुमार मेन्यङ्वोको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको हो ।
समितिको सदस्यमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्तासमेत रहेका कृषिमन्त्री भक्तिप्रसाद सिटौला रहेका छन् ।
फागुन १७ गतेको प्रदेशसभाबाट प्रदेशको नाम कोशी पारित भएदेखि पहिचान पक्षधरले प्रदेश १ पुनः नामकरण संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । आन्दोलनको क्रममा लाजेहाङ लिम्बू पदमले साहदत्त प्राप्त गरिसका छन् ।
