दमक, २४ जेठ–’स्वास्थ्य जीवनका लागि खेलकुद’ भन्ने अभियानका साथ झापाको दमकसहित देशभरीको विभिन्न जिल्लाहरुमा सगरमाथा टेकवान्दो दोजाङले खेल प्रशिक्षण गराइरहेको छ । दमकमा कोशी प्रदेश स्तरीय टेक्वान्दो खेल प्रतियोगिताको आयोजना गरी सगरमाथा टेकवान्दो दोजाङले औपचारिक खेल प्रशिक्षणका कार्यक्रमहरु सञ्चालनमा ल्याएको हो ।

बेलायतमा बसेर सगरमाथा टेक्वान्दो दोजाङको स्थापना गर्नुहुने अन्तराष्ट्रिय पूर्व खेलाडी तथा प्रशिक्षक समेत रहनुभएका वेलायती पूर्व आर्मी राष्ट्रकुमार राईले आफ्नो व्याक्तिगत पहलबाट दमकमा प्रदेश स्तरीय खेल प्रतियोगिता आयोजना गर्नुभएको हो । प्रतियोगिता सम्पन्नभएपछि दमकका विभिन्न विद्यालयहरुका खेल प्रशिक्षणका कार्यक्रमहरु भइरहेको सगरमाथा टेकवान्दो दोजाङका अध्यक्ष जीतबहादुर (जीतु) धिमालले जानकारी दिनुभयो ।

अध्यक्ष धिमालका अनुसार दमक लगायत आसपासका गाउँ शहरहरुमा अरु विभिन्न खेलहरुको विकास, प्रचारप्रसार, प्रवर्दन, चासो, लगानी भइरहेको अवस्थाबीच सगरमाथा टेक्वान्दो दोजाङले प्रशिक्षण गराउन सुरु गरेको हो । दमकमा पुरानो र प्रसिद्ध विद्यालय सर्वोदय अंग्रेजी बोडिङ स्कुलसंगको सहकार्यमा खेलाडीहरुलाई खेल प्रशिक्षण गर्न सूरुवात भएको अध्यक्ष जीतु धिमालले जानकारी दिए ।

सर्वोदय अंग्रेजी बोडिङबाट सुरुवात भएको सगरमाथा टेक्वान्दो दोजाङले अहिले दमकमा आधा दर्जन बढी विद्यालयसंगको सहकार्यमा खेल प्रशिक्षण गराइरहेको छ । दोजाङका अध्यक्ष धिमालका अनुसार सर्वोदय अंग्रेजी विद्यालयमा अध्ययनरत विद्यार्थी तथा खेलाडी प्रतिमा तामाङले प्रशिक्षकको रुपमा नेतृत्व सम्हालिरहेका छन् । प्रतिमाले सर्वोदयमा झण्डै ५० जना भन्दा बढी खेलाडीहरुलाई खेल प्रशिक्षण गराइरहेकी छन् ।

त्यस्तैं, दमक–४ को पल एकाडेमीमा र आस्था कलेज अफ मेनेजमेन्टमा पनि सगरमाथा टेक्वान्दो दोजाङले प्रशिक्षण सुरु गरेको छ । पल एकाडेमीमा सञ्चालन भएको केही समयपछि आस्था कलेजमा पनि प्रशिक्षण सञ्चालनमा आएको हो ।

पल एकाडेमीमा उदयपुरकी पुराना खेलाडी हाल दमकमा बसोबास गर्दै आइरहनुभएकी मिरा काफ्लेले प्रशिक्षण गराउदै हुनुहुन्छ भने आस्था कलेजमा मन कटुवालले प्रशिक्षण गराइरहनुभएको छ । पलमा ४३ जना खेलाडीहरु प्रशिक्षणमा सहभागि छन् भने आस्थामा ५४ जना खेलाडीहरु सहभागि छन् ।

यता, दमक २ मा रहेको सनराइज अंग्रेजी विद्यालयमा पनि सगरमाथा टेक्वान्दो दोजाङका प्रशिक्षण कार्य सुरु भएको छ । सो विद्यालयमा आयुष धिमाल र प्रत्युष धिमालले प्रशिक्षण गराउदै हुनुहुन्छ । सनराइज विद्यालयसंगको सहकार्यमा सगरमाथा टेक्वान्दो दोजाङले प्रशिक्षण गराइरहेको हो । प्रशिक्षणमा ५० जना खेलाडीहरुले सहभागिता जनाएका छन् ।

दमक ३ ढ्कुरपानीस्थित अक्सफोर्ड अंग्रेजी बोडिङ स्कुलमा पनि प्रशिक्षण सुरु भएको छ । अक्सफोर्डमा मिरा काफ्लेले प्रशिक्षण गराउदै हुनुहुन्छ । काफ्लेले दमक ४ को पल एकाडेमीमा समेत प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ।

विद्यालयमा सञ्चालन भइरहेको प्रशिक्षणमा सगरमाथा टेक्वान्दो दोजाङका अध्यक्ष जीतु धिमालले अनुगमन गरिरहनुभएको छ । खेलाडीहरुको रुची र अभिभावहाकहरुको चासोको कारण दमकभित्रका विद्यालयहरुले सगरमाथा टेक्वान्दो दोजाङसंग सहकार्य गर्न चाहिरहेको अध्यक्ष धिमालले जानकारी दिनुभयो । यस खेलमा रुचीका साथ प्रशिक्षणमा सहभागि हुने खेलाडीहरुले फर्म बापत शुल्क नलाग्ने तर खेलाडीहरुले पोशाक बापत शुल्क बुझाउनुपर्ने व्यवस्था भएको कारण छोटो समयमा संस्थागत प्रगती भएको अध्यक्ष धिमालले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *