विराटनगर, ३० जेठ–कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन्।

मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएपछि जेठ २३ देखि अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा स्थगित भएको थियो।

सरकार अल्पमतमा परेर सदन स्थगित भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ। आइतबारमात्रै प्रदेशका विपक्षी दलहरुले अध्यादेशबाट बजेट नल्याउन, त्यसरी ल्याए अस्वीकार गर्ने चेतावनीसमेत दिएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *