काठमाडौं, ३० जेठ–हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलदेखि मौसम सामान्यतया सफा रहेको छ।
कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जानकारी दिएको छ।
दिउँसोपख कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।
रातिपख भने कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखाइएको छ। साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
