बिर्तामोड, ३० जेठ–नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियु झापाको जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन नगरी स्थगित भएको छ । प्रतिनिधिहरुको अनुमतिमा सोमवार अवेर अधिवेशन स्थगित गरिएको हो ।

बिर्तामोडको साइ प्यालेसमा आयोजित अनेरास्ववियुको अधिवेशनमा अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा नारायण पोखरेल, बलराम गिरी र लक्ष्मी गौलीले उम्मेदवारी परेको छ ।

यस्तै, उपाध्यक्षमा अरुण तिम्सिना, विदान राई, अनुजा कट्टेल र अनुप भण्डारीले मनोनयन दर्ता गरेका छन् । सचिवमा बालचन्द्र कार्की, सरोज ढकाल र सन्तोष धमलाले उम्मेदवारी दर्ता गरेको बुझिएको छ ।

यस्तै, सहसचिवमा मदन ओली, प्रदीप बर्देवा, इश्वर नेपाल, विनिता न्यौपाने, पूर्ण बहादुर राना, चिरन्जिवी खतिवडा र रविन गुप्ताले मनोनयन दर्ता गरेका छन् । कोषाध्यक्षमा सलिना गुरुङ, रचना अधिकारी र मञ्जु रिजालले उम्मेदवारी दर्ता गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *