विराटनगर, ३० जेठ–नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवा बाहेक अरू जो सुकै भए पनि सरकारमा जान सक्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन्।

पार्टी सभापतिले प्रधानमन्त्री तथा सभापति दुवै पद हस्तान्तरण गर्न आग्रह गर्दै उनले अहिलेकै गठबन्धनबाट कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापति देउवाले प्रधानमन्त्रीमा दाबी गर्न नहुने स्पष्ट पारे।

सभापतिले आफू र पार्टी हित दुवैका लागि पद छोड्नुपर्ने उनले बताए। ‘मैले कुनै रिसइबी लिएर भनिरहेको छैन’, उनले भने, ‘पार्टीको हितका लागि भनेको हो।’

नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको पनि उनले खुलासा गरे। उनले यी कुरा लागू गर्न आफू पनि लागिरहेको बताउँदै उनले भने, ‘अझै लाग्छु, परिवर्तन गर्न लागिरहेको छु। जोखिम उठाउने हो। फलका विषयमा चिन्ता गर्ने होइन।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *