दमक, १ असार–दमक नगरपालिका वडा नं ६ को आर्थिक सहयोगमा दमक जेसीजले शुक्रबार वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । दमकको होटल केविआरमा आयोजित वित्तीय साक्षरता कार्यक्रममा दमकका व्यवसायीहरु र वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुसहित सरोकारवालाहरुकोको सहभागिता थियो ।
दमक जेसीजका अध्यक्ष मुकेश अग्रवालको अध्यक्षतामा र दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्राध्यापक सुजन कोइरालाले सहजीकरण गरेका थिए । उनले मानिसको दैनिक कृयाकलापमा आर्थिक कारोबारको महत्व , मुल्यबृद्धिको प्रभाव, बिद्यमान आर्थिक अवस्था र व्यवसायी तथा आम उपभोक्ताहरुले अपनाउनु पर्ने रणनीतिहरु लगायतका बिषयमा आवश्यक सहजीकरण गरेका थिए ।
कार्यक्रमको सञ्चालन दमक जेसीजका महासचिव रामचन्द्र अधिकारीले गरेका थिए भने वित्तीय साक्षरता कार्यक्रमका संयोजक पुजन चौधरीले स्वागत मन्तव्य राखेका थिए ।

