काठमाडौं, २ असार–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राम्रो काम गर्ने भन्दा पनि एमालेको विरोधमा समय खर्चिरहेको आरोप लगाएका छन्।

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विरोध गरेर कुनै प्रतिफल हात नलाग्ने बताए।

‘गठबन्धन राम्रो काम गर्ने होइन एमालेको विरोध गर्नेतर्फ केन्द्रित भएको छ,त्यसमा पनि अझ बढी एमालेका अध्यक्षको विरोध गर्ने काममा लागेको छ। एमालेलाई जनताबाट कसरी अलग गर्न सकिन्छ भनेर भ्रम छर्न व्यस्त छ’, ओलीले भने, ‘यस्तोमा लागेर प्रतिफल कहाँ आउँछ ररु’

गठबन्धनले गरेको राजनीति वास्तविक राजनीति नभइ जनता अल्मल्याउने र राजनीतिप्रति जनतामा वितृष्ण जगाउने काम मात्रै भएको ओलीको टिप्पणी छ।

एमाले राणा शासनको चाकडीबाट आएको पार्टी नभइ कामको मुल्यांकनका आधारबाट आएको पार्टी भएको भन्दै ओलीले क्षमताका आधारमा नेता कार्यकर्तालाई जिम्मेवारी तोकिने बताए।

गठबन्धनभित्र समाजवादी मोर्चा गठनको चर्चा चलिरहँदा ओलीले यसको औचित्यमाथि प्रश्न उठाए।

सत्ता गठबन्धनभित्रका नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी ,बाहिरका बाबुराम भट्टराई नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लवसहित समाजवादी मोर्चा बनाउने चर्चा भइरहेको छ।

एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चाको कुरा ल्याइएको उनको तर्क छ।

‘समजावदी मोर्चा बनाउने किन रु त्यो बनाएर हुन्छ के ? चिनेकै मान्छे हुन्। सँगै हिँडिरहेकै छन्।’ ओलीले भने, ‘मोर्चा भने पनि नभने पनि लिभिङ टुगेदर चलेकै छ, अनि के मोर्चा के नमोर्चा !’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *