ताप्लेजुङ, ३ जेठ–ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ।

शनिवार राति सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको हो।

पहिरोमा पुरिएको अवस्थामा एक शव फेला परेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए। बेपत्तामध्ये ३० वर्षीय गणेश तामाङको शव फेला उनले बताए।

उनका अनुसार बाँकी बेपत्ता भएका तीन जना ६३ वर्षीया भगीमाया बुडाक्षेत्री, ३३ वर्षीया सन्ध्या बुडाक्षेत्री र नौ वर्षीय बालक प्रज्ज्वल बुडाक्षेत्रीको खोजी कार्य जारी रहेको छ। उनीहरु तीनै जना एकै परिवारका सदस्य हुन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *