काठमाडौं, ३ जेठ–सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरु समाजवादी मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका छन्।
असार १ गते समाजवादी मोर्चा गठनको घोषणा गर्ने भने पनि आन्तरिक तयारी नपुगेको भन्दै घोषणा भएको थिएन। आज या भोलि मोर्चा घोषणा हुने ती दलका शीर्ष नेताहरुले बताएका छन्।
मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा सहभागी हुने गरी छलफल भइरहेको बालुवाटार छ।
आइतबार बिहान समाजवादी मोर्चाबारे छलफल गर्ने शीर्ष नेताहरु बालुवाटार पुगेका छन्। नेकपाका महासचिव नेत्रबहादुर चन्द विप्लव पनि बालुवाटार जाँदैछन्। उनीहरुबीचको छलफल पश्चात समाजवादी मोर्चा मोडालिटी र घोषणालाई अन्तिम रुप दिइने बालुवाटार जनाईको छ।
कार्यदलका नेताहरुबीच अहिले बालुवाटरमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी रहेको बताइएको छ। ]
कार्यदलले मोर्चाको अवधारणापत्रको मस्यौदा तयार पारेको छ। यसलाई अन्तिम रूप दिन आज बैठक बोलाइएको हो। मोर्चामा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई पनि सहभागी गराउने भनिए पनि बैठकमा बोलाइएको छैन्।
समाजवादी मोर्चा बने २७५ सदस्यीय प्रतिनिधि सभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति निर्माण हुनेछ।
