दमक, ३ असार–सहकारी व्यवस्थापक क्लब झापाको अध्यक्षमा पुनः खोमप्रसाद बगाले चुनिएका छन् । बिर्तामोडमा शनिवार सम्पन्न संस्थाको प्रथम अधिबेशनबाट बगालेलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो । उनी मेची बहुउद्देश्यीय सहकारी संस्था दमकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

त्यस्तै संस्थाको उपाध्यक्षमा निलकण्ठ निरौला (कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाका दमक), महासचिवमा सन्तोषकुमार श्रेष्ठ (सतासी बहुउद्देश्यीय बिर्तामोड) र कोषाध्यक्षमा तुलसा कुँवर (प्रज्वला अपांग तथा महिला बहुउद्देश्यीय अर्जुनधारा) चुनिए भने सदस्यहरुमा तिलकबहादुर कार्की (शुभलक्ष्मी बहुउद्देश्यीय गौरादह), मानस सिटौला (मेचीनगर साकोस मेचीनगर), कृष्ण ढुंगाना (भद्रपुर साकोस भद्रपुर), अनिता गुरागाई (मेची मासु उत्पादक सहकारी काँकडभिट्टा), लीलानाथ रेग्मी (शिखर साकोस बिर्तामोड), विष्णुप्रसाद चुडाल (साना बहुउद्देश्यीय कन्काई) र विवेक राई (चौतारी साकोस झिलझिले) रहेका छन् ।

नयाँ नेतृत्व चयन गर्न बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको संयोजकत्वमा तीन सदस्यीय एक निर्वाचन समिति गठन गरिएको थियो ।

जसको सदस्यहरुमा गोपाल काफ्ले र दुर्गा खतिवडा रहेका थिए । अधिबेशनको राष्ट्रिय सहकारी महासंघका सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले उद्घाटन गरेका थिए ।

अधिबेशनमा राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य महेन्द्र गिरी, लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी उप्रेती, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *