दमक, ४ असार–शिखा बचत तथा ऋण सहकारी संस्थाले सोमबार १२औं स्थापना दिवस अवसर पारेर दमकमा खुल्ला रक्तदान कार्यक्रमसहित कागतीको विरुवा वितरण गरेको छ । दमक-६ पशुपती मन्दिरस्थित कार्यालय रहेको शिखा बचत तथा ऋण सहकारी संस्थाले १२औं स्थापना दिवस मनाएको हो ।

दिवसको अवसर पारेर आयोजित रक्तदानमा ४७ प्रिन्ट रगत सङ्कलन भएको छ । दमकस्थित नेपाल रेडक्रस सोसाइटी रक्तसंचार विभागको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

रक्तदानमा सहभागि रक्तदाता र अतिथीहरुलाई मायाको चिनो स्वरुप एक–एक थान कागतीको विरुवा समेत वितरण गरिएको संस्थाका सचिव किराँती तीर्थराज चाम्लिङ राईले जानकारी दिनुभयो । कार्यक्रमबीच रेडक्रस सोसाइटी दमक उपशाखालाई १२औं स्थापना दिवको अवसर पारेर शिखा बचत तथा ऋण सहकारी संस्थाले ६ थान बस्ने टुल प्रदाान गरिएको सचिव किराँतीले बताउनुभयो । सो सामाग्री रक्तसंचार विभाग प्रमुख तथा दमकका सामाजिका व्याक्तित्व सिद्धार्थ दाहाललाई प्रदान गरिएको थियो ।

सचिव किराँतीका अनुसार रक्तदानमा संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठ, उपाध्यक्ष हरिकुमार लामा, व्यवस्थापक तुलशी राजवंशी लगायत संस्थाका शेयर सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र स्थानीय व्यवसायी तथा बुद्धिजिवीहरुले रक्तदान गरेका थिए ।

शिखा बचत तथा ऋण सहकारी संस्थाले स्थापनाकालदेखि दमकमा विभिन्न सामाजिका क्षेत्रमा र शेयर सदस्यहरुलाई लक्षित गरेर कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । दमकमा मुख्य कार्यालय रहेको शिखा बचत तथा ऋण सहकारी संस्थाले गौरादहमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । आगामी वर्षमा अन्य क्षेत्रमा समेत सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारीमा रहेको संस्थाले जनाएको छ ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमपछि संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठले रक्तदानमा सहभागि रक्तदाताहरु, कार्यक्रमा आमन्त्रित अतिथीहरु, शेयर सदस्यहरु र कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *