ब्याङडाडा (शिवसताक्षी), ४ असार–झापाको शिवसताक्षी नगरपालिकामा नेपाली कांग्रेस नगर समितिले ध्यानाकर्षण पत्र बुझाएको छ ।
आगामी आर्थिक वर्ष २०८०/०ं८१ को लागि प्रस्तुत हुन लागेको बजेट पुर्नविचार गर्न नगर प्रमुख मेगाहाङ्ग थोप्रालाई सुझाब सहितको ध्याकर्षण पत्र बुझाएको हो ।
नेपाली काग्रेसका नगर सभापति आशोक बस्नेतको नेतृत्वको टोलीले १८ बुँदाको ध्यानाकर्षण पत्र बुझाएको थियो ।
नेपाली कांग्रेसले बुझाएको ध्याकर्षण पत्रमा यस्ता छन् १८ बुँदा-
१) शिवसताक्षी नगरपालिकाका ११ वडाहरु मध्ये पाँच जना वडाध्यक्ष ज्यूहरुले बजेट विनियोजन प्रति असहमति जनाउँदा जनाउँदै बहुमतको दम्भ प्रयोग गरी बजेट पारित गरिएको प्रक्रिया गम्भिर आपत्तिजनक छ ।
२) ७५ लाख वडा सिलिङ बजेटलाई खुम्च्याएर ६० लाख मात्र वितरण गर्नु न्याय सम्मत देखिदैन ।
३) रु २० लाख वडा विशेष कार्यक्रमका लागि बजेट विनियोजन गरेको पाइयो । वडा गौरबको योजना सञ्चालनलाई यो अपार्यप्त छ । यसलाई बृद्धि गरी रु ४० लाख बजेट विनियोजन गरियोस ।
४) भुगोल र जनसंख्याको आधारमा ठुला र साना वडाहरु रहेको तथ्यलाई बेवास्ता गरी समापनुपातिक अवधारणालाई नबुझ्नु बजेटको व्यापक भुल हो ।
५) अव्यवस्थित बसोबासको समस्या हाम्रो नगरपालिकको विशिष्ट समस्या हो । बाजे बराजुका पालादेखि जग्गाको जोतभोग भएपनि धनिपुर्जा नपाई जनता सुकुम्बासी बनेका छन् । आफु निर्वाचनमा होमिदा घोषणा पत्रमा समावेश गरेको उक्त समस्याको सामाधानका लागि बुँदा नं। ३५ मा रु ५ लाख मात्र रकम छुट्याएर झारा टार्ने काम गरिएको पाइयो । यस शिर्षकमा आवश्यक पर्ने प्राविधिक, तथा नाप नक्शाको लागि उपकरण सामाग्रीहरु खरिद गर्न आवश्यक पर्ने पर्याप्त बजेट विनियोजन गरियोस् ।
६) शिवसताक्षी नपा अन्तर्गतका सामुदायिक माविहरुमा विज्ञान र कानुन विषय पढ्न पाउने गरी कुनैपनि कार्यक्रम समावेश भएको छैन । विद्यार्थीहरुलाई विषय छनोटको सुविधा उपलब्ध नगराएकाले यहाँका विद्यार्थीहरु अन्य सहरबजारका विद्यालयमा धाउनु पर्ने बाध्यता रहेको छ र यस तर्फ बजेट विनियोजन गरी यसै आवबाट यसै पालिकामा पठन पाठनको व्यवस्था मिलाइयोस ।
७) स्मार्ट विद्यालय कार्यक्रम अन्तर्गत रु ७५ लाख बजेट छुट्याइएको छ । तर स्मार्ट विद्यालयको मापदण्ड के हो । यो कसरी छनौट गरिन्छ भन्ने स्पष्ट नीति नबन्दासम्म यसको सही सदुपयोगमा व्यापक आशंका उत्पन्न भएको हुँदा यसलाई बजेटमा स्पष्ट गराइयोस् ।
८) सामुदायिक विद्यालयहरुमा न्युन बेतनधारी बालशिक्षक र विद्यालय कर्मचारीहरुको श्रम शोषणलाई अन्त्य गर्न यस बजेटले कुनै पनि चेष्टा देखाउन सकेको छैन । सम्भव भएसम्म बजेटले सम्बोधन गरियोस ।
९) नेपाल सरकारको निर्णय बमोजिम क्यान्सर पीडित, मेरुदण्ड, पक्षघात र मृगौला विरामीलाई मासिक रुपमा रु ५ हजार औषधी उपचार खर्च उपलब्ध गराउनु पर्ने कार्यक्रमको सोध भर्नाको लागि बजेट विनियोजन नगरेको पाइएन । विरामी प्रति बजेट सकारात्मक बनोस।
१०) सहकारी संस्थाको प्रवद्र्धन गरी सदस्यहरुको बचत संरक्षण गर्न रोजगार प्रवद्र्धन गर्न र जनतालाई व्यवसायिक बनाउने दिशा तर्फ सहाकारी संस्थाहरुको अनुगमन, नियमन, गर्न र सदस्यलाई सीप सिकाउन तालिम दिन, आवश्यक बजेटका लागि अत्यन्तै कञ्जुस्याई गरेको पाइयो । उचित बजेटको प्रबन्ध गरियोस ।
११) जलाधार संरक्षण, बृक्षारोपण र सरसफाई जस्ता वातावरण संरक्षणमा पनि नगरको बजेटले कुनै पनि ध्यान दिइएको पाइएन । उचित प्रबन्ध गरियोस ।
१२) बजेट निर्माणमा सरोकारवाला समूह, पार्टी प्रतिनिधि र विज्ञ समूहसँग विभिन्न प्रकारका अन्तरकृया गरी विकासमा जनताको सहभागिता र अपनत्वको आभाष हुने बातावरण तयार गर्न कुनै प्रयास गरिएको पाइएन ।
१३) गणेशमान सिह अध्ययन प्रतिवष्ठानलाई मेडिकल हवको रुपमा विकास गर्न रकम विनियोजन गरियोस् ।
१४) चन्द्रडाँगी कृषि विकास फर्मलाई कृषि क्याम्पस बनाउन आवश्यक प्रकृयाका लागि बजेट विनियोजन गरियोस् ।
१५) शिवसताक्षी नगरपालिका अन्तर्गतका त्रिधामको संरक्षण, सम्बद्र्धन प्रवर्धन गर्नका लागि आवश्यक बजेट विनियोजन गरियोस् ।
१६) गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमविविएस अध्ययन गर्न छात्रबृत्तिका लागि बजेट विनियोजन गरियोस् ।
१७) राष्ट्रिय स्तरका खेलाडीलाई प्रोत्साहन र पुरस्कृत गर्न आवश्यक बजेट प्रवन्ध गरियोस् ।
१८) नगरपालिका भित्र स्थायी बसोबास गर्ने नागरिकको मृत्यु हुँदा मृत्यु संस्कार खर्च बापत रु २५ हजार नगदै रकम प्रदान गर्ने आवश्यक बजेटका प्रबन्ध गरियोस ।
