दमक, ६ असार–सगरमाथा तेक्वान्दो दोजाङले झापाको दमकमा मंगलबार एक कार्यक्रमबीच प्रथम वार्षिकोत्सव मनाएको छ । दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी बोडिङ स्कुलमा दोजाङका प्रशिक्षार्थी खेलाडीहरु, विभिन्न दोजाङका प्रशिक्षकहरु, खेलप्रेमी तथा अभिभावहकहरुबीच केक काट्नुका साथै मिठाई वितरणगरी प्रथम वार्षिकोत्सव मनाएको हो ।
सो अवसरमा सगरमाथा तेक्वान्दो दोजाङका अध्यक्ष जीतु धिमालले स्थापना भएको एक वर्षको अवसरमा खेलाडीहरु, प्रशिक्षकहरु, अभिभावकहरु र खेलप्रेमी मानुभावहरुमा विशेष धन्यवाद सहित कृतज्ञाता व्यक्त गरे । उनले सगरमाथा तेक्वान्दो दोजाङले दमक लगायत देशको विभिन्न जिल्ला वा शहर र गाउँहरुमा खेल प्रशिक्षण, प्रतियोगितात्मक खेलहरुमा सहभागिता, अरु खेल वा खेलाडीहरुसंग भेटघाट र छलफलमा सहभागिता जनाउने कार्यहरु भइरहेको बताए ।
उनले खेलाडीहरुलाई पहिलो प्राथमिकतामा अध्ययन र अध्ययनपछि घरैमा मोबाइल चलाएर समय बिताउनु भन्दा खेल सिक्न महत्वपूर्ण हुने बताए । उनले घरमा मोबाइल वा कम्पुटर–व्ल्यावटपमा बसेर इन्टरनेटको मजाले लिनु भन्दा स्वास्थ्यका लागि खेल सिक्न फाइदाजनक हुने बताए ।

त्यस्तैं, अध्यक्ष धिमालले खेलाडीहरुको सीप, ज्ञान, क्षमता, अनुशासन, लगनशिलताको आधारमा गेडिङ गरिने बताए । उनले खेलाडीहरु अध्ययनरत विद्यालयमा सगरमाथा तेक्वान्दो दोजाङले संस्थागत सहमती र सम्झौता अनुसार विभिन्न शिर्षकमा सुविधाहरु प्रदान गरिने जानकारी दिए ।
कार्यक्रममा सगरमाथा तेक्वान्दो दोजाङका कार्यसमिति सदस्य कल्पना राईले खेलाडीहरु अनुशासन नै सफलतातर्फ अघि बढाउने मुख्य मन्त्र भएको बताइन् । उनले विद्यालयमा होस, या घर वा खेल सिक्ने ठाउँमा, जहाँ भएपनि अनुशासन पालना गर्न जरुरी भएको बताईन् ।
कार्यक्रममा सर्वोदय अग्रेजी विद्यालयका शिक्षक साजन, प्रशिक्षक मनोज कटुवाल लगायतले टेक्वान्दो खेल क्षेत्रको बारेमा बोल्नुभएको थियो ।
हाल, दमकमा सगरमाथा तेक्वान्दो दोजाङको दमक–५ को सर्वोदय अंग्रेजी विद्यालय, दमक–४ को पल एकाडेमी, दमक–४ कै आस्था कलेज, दमक–२ को सनराइज अंग्रेजी विद्यालय, दमक–३ को अक्सफोर्ड अंग्रेजी विद्यालय र दमक–९ को हिमज्योती अंग्रेजी विद्यालयमा खेल प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।

दोजाङका अध्यक्ष धिमालका अनुसार दक्ष जनशक्ति उत्पादान गर्न दमक सगरमाथा तेक्वान्दो दोजाङले खेल प्रशिक्षणमा खेलाडीहरुको समस्या र चाहानालाई मध्यनजर गर्दै थोरै रुपैया लिएर खेल सिकाइरहेका छौं । खेलाडीहरुलाई पोशाक संस्थाले उपलब्ध गराउदै आइरहेको छ ।
आधा दर्जन विद्यालयमा खेल प्रशिक्षण सञ्चालन भइरहेको र सो दोजाङमा मनोज कटुवाल, निरा काफ्ले, प्रतिमा तामाङ, कपिल धिमाल, रोषिका सुब्बाले प्रशिक्षकको भूमिका देखाइरहेका छन् ।
दमकमा मात्रै तीन सय बढी खेलाडीहरु प्रशिक्षणमा सहभागि छन् । यसवीचमा झापा, मोरङ लगायतका जिल्लामा आयोजना भएको तेक्वान्दो खेलमा दमकका खेलाडीहरुले सहभागिता जनाउदै आइरहेको छ ।
बेलायत (युके) मा स्थापना भएर गतवर्ष मात्रै नेपालमा आधिकारीक रुपमा नेपालमा खेलसंग सम्बन्धित संघसंस्थामा दर्ता पाएर सञ्चालनमा आएको सगरमाथा टेक्वान्दो दोजाङले छोटो समयमै चर्चा पाउदै आइरहेको छ ।
दमक स्थाई घर भइ हालः बेलायत सैनिक जीवनबाट अवकाशपछि खेल क्षेत्रको विकास र प्रवर्दनमा सक्रियता देखाइरहनुभएका राष्ट्र कुमार राईले नेपालमा यस खेलको सुरुवात गरेका हुन् । उनकै सक्रियतामा नेपालमा सगरमाथा टेक्वान्दो दोजाङले कानुनी दर्ता पाएपछि गत वर्ष पहिलो पटक प्रदेश स्तरीय तेक्वान्दो दोजाङको प्रतियोगिता दमकमा सम्पन्न भएको थियो ।

