बिर्तामोड, ६ असार–बिर्तामोड न पा वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्की (जङ्गे) लाई इलाम उच्च अदालतले ६ महिना जेल सजाय गर्ने शुरु जिल्ला अदालत झापाले गरेको फैसला सदर गरेको छ।

उनले घुस रकम लिएर किर्ते सिफारिस गरी नागरिकता बनाइ दिएको अभियोगमा ६ महिना कैद गर्ने फैसला सुनाएको थियो।

सो फैसलाका सम्बन्धमा फेरि उच्च अदालत ईलामले सोही फैसला सदर गरेको हो । फैसला संयुक्त ईजलासका न्यायाधीश द्वय लोहितचन्द्र शाह र गीता प्रसाद तिम्सिनाले गरेको अदालतको वेवसाइटमा उल्लेख छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *