काठमाडौं, ७ असार–सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दैछ।
बैठक दिउँसो २ बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक विषय तथा बजेटमाथि छलफल हुने नेकपा एस संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले जानकारी दिए।
नेकपा एसका सांसदहरूले बजेटमाथि तीव्र असन्तुष्टि जनाइरहेका छन्। बजेट यथास्थितिमा पास हुन नसक्ने बताउँदै आएको नेकपा एसले बजेटबारे अबको रणनीतिबारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरिएको उपनेता पाण्डेले बताए।
