दमक, १० असार–झापामा ९ प्रतिशत रोपाई भएको छ । असारको पहिलो सातासम्म (असारको ८ गतेसम्म) ७ हजार ८७५ हेक्टर क्षेत्रफलमा रोपाई भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

झापामा असार २ गतेबाट रोपाई शुरु भएको हो । कमल, गौरादह, कन्काई पालिकाका किसानहरुले छिट्टै रोपाई शुरु गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । उनले बाह्रदशी, कचनकवल पालिकामा ढिलोगरी रोपाई शुरु हुने गरेको जानकारी दिए ।

किसानहरुले छिट्टै पाक्ने रंजित, सर्णा, बीबी ११ जस्ता धान रोपेका छन् । झापाका किसानहरुले मूल्यको ग्यारेन्टी भएको रामदाम धान पहिलो पटक लगाएको कार्यालय प्रमुख विष्टले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *