विराटनगर, १० असार–विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ।

शनिबार नगरसभाको बाह्रौं अधिवेशनमा उपप्रमुख शिल्पा निरला कार्कीले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।

बजेट वक्तव्यमा चालूतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ। महानगरपालिकाले वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन गरेको छ।

महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको थियो। महानगरले आगामी आर्थिक वर्षका लागि प्रशासनिक खर्च मात्रै ६८ करोड रुपैयाँ विनियोजन गरेको छ।

महानगरले १९ वटा वडाका वडास्तरीय आयोजनाका लागि ३८ करोड रुपैयाँ विनियोजन गरेको छ। नगरस्तरिय आयोजनाका लागि २० करोड, बहुवर्षीय, गौरवका आयोजना र क्रमागत भुक्तानीका लागि ६५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय हस्तान्तरणबाट १ अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारतर्फ ४ करोड ६३ लाख, राजस्व बाँडफाँडबाट ८० करोड २४ लाख आम्दानी हुने अनुमान गरेको महानगरले ९९ करोड ५० लाख आन्तरिक आम्दानी हुने अनुमान गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *