दमक, १० असार–दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि रु १ अर्ब ८४ करोड १२ लाख ३९ हजार रुपैयाको वजेट सार्वजनिक गरेको छ । जसमध्ये चालु खर्चतर्फ रु १ अर्व १ करोड ९४ लाख ९७ हजार (५५ ३७ प्रतिशत) र पूँजिगत खर्चतर्फ रु ८२ करोड १७ लाख ४२ हजार (४४.६३ प्रतिशत) विनियोजन गरिएको जनाईएको छ ।

नगरको तेर्हौ नगरसभामा नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले प्रस्तुत गरेको बजेटमा खर्च व्यहोर्ने श्रोततर्फ नगरपालिकाको आन्तरिक आयबाट रु २४ करोड ९४ लाख ९२ हजार, दमक अस्पतालको आन्तरिक आयबाट रु ३१ करोड, संघीय सरकारको अनुदान रु ९५ करोड ८९ लाख र प्रदेश सरकारको अनुदानवापत रु ४ करोड ८ लाख ८८ हजार प्राप्त हुने छ ।

राजश्व बाँडफाडबाट रु २७ करोड १९ लाख ५९ हजार र जनसहभागितावाट रु १ करोड रकम व्यहोर्ने गरी प्रस्ताव गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *