काठमाडौं, ११ असार–काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको मासिक भत्ता वृद्धि गरेको छ।

आइतबार महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आगामी आव २०८०/०८१ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै भत्ता वृद्धि गरेको बताएकी हुन्।

उनले भनिन्,‘प्रधानाध्यापकहरूको मासिक भत्ता वृद्धिको व्यवस्था गरेको छ, यसका लागि आवश्यक रकमको प्रबन्ध गरेको छु।’

यस्तै,उनले सामुदायिक विद्यालय सफा र हराभरा,सुन्दर बनाउन ५ करोड बजेट विनियोजन गरेको बताइन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *