दमक, ११ असार–जीवन बीमा कम्पनीहरुकै अग्रणी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले झापाको दमकमा कोशी प्रदेश स्तरीय अभिकर्ता सम्मान तथा पूनर्ताजगी तालिम सम्पन्न गरेको छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखाले आयोजना गरेको कार्यक्रममा प्रदेशभरीका विभिन्न जिल्लास्थित शाखा कार्यालयमा आवद्ध भएर कार्यरत सिनियर तथा जुनियर अभिकर्ताहरुको सहभागिता थियो ।
दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित कार्यक्रमबीच कोशी प्रदेशका सिनियर तथा जुनियर विजेनेश अभिकर्ताहरुलाई मान–सम्मान, पुरुस्कार गर्नुका साथै पूनर्ताजगी तालिम समेत प्रदान गरिएको दमक शाखा प्रमुख सुमन थुलुङ राईले जानकारी दिनुभयो ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखा प्रमुख राईका अनुसार अर्लि एमडिआरटिद्धय मोरङ उर्लाबारी शाखाकी एलिसा आले मगर, दमक शाखाकी रिता राई शेर्मालाई प्रमाण–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम लगायतका जिल्लास्थित शाखा कार्यालयका प्रमुख तथा प्रतितिधि र अभिकर्ताहरुको उपस्थिती थियो ।
कोशी प्रदेश प्रमुख नरे्रन्द्र कुमार राईको अध्यक्षतामा र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेशन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव कार्यकारी अधिकृत स्मृतिराज कडेल, मार्केटिङ बिभाग प्रमुख बिवेक शर्मा, प्रशिक्षक बिजय कुमार झाले नेपालमा बीमा कम्पनीको अवस्था र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रगती सहित आगामी योजना र बीमितहरुको सेवा सुविधाको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा सभाध्यक्ष समेत रहनुभएका प्रदेश प्रमुख नरेन्द्र कुमार राईले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमका सञ्चालक नेशन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखा प्रमुख सुमन थुलुङ राईले प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत अतिथिहरु र अभिकर्ताहरुलाई शब्दद्धारा धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।

