काठमाडौं, १२ असार–जंगली हात्तीको आक्रमणबाट झापाको हल्दीबारीमा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ निवासी ५३ वर्षीय गिरेन कर्मकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

मंगलबार बिहान ४ बजे हल्दिबारी गाउँपालिका– २ स्थित चिया बगान छेउमा कर्मकार जंगली च्याउ टिप्न गएका थिए। सोही चिया बगानबाट आएको हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमा मृत्यु भएको डीएसपी रिजालले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *