शिबगञ्ज, १२ असार–झापाको शिबसताक्षी–६ शिबगञ्जमा सुपारी खेतीतर्फ प्रोत्साहन गर्न वडा कार्यालयले कृषकहरुलाई सुपारीको विरुवा वितरण गरेको छ । शिबगञ्जस्थित शिबसताक्षी–६ को वडा कार्यालयले आज (मंगलबार) वडाभित्रका कृषकहरुलाई लक्षित गरेर सुपारीको विरुवा वितरण गरेको हो ।

वडा अध्यक्ष मनोज खुलाल कार्कीले शिबगञ्जलाई सुपारीको बोटले हराभरा बनाइने अअिभानमा रहेको बताउनुभयो । अध्यक्ष कार्कीका अनुसार सुपारी एक औषधीय गुण भएको वनस्पति हो ।

वहाँले सुपारीको फललाई विभिन्न शुभ कार्यमा प्रयोग गरिनुका साथै यसको बोटबाट समेत विभिन्न सामाग्रीहरु बनाउन सकिने बताउनुभयो । हिन्दु धर्ममा सिङ्गो सुपारीलाई गणेृश देवताको रुपमा पुजा आराधना गरिने समेत अध्यक्ष कार्कीले बताउनुभयो ।

नेपाली कांग्रेसका नेता समेत रहनुभएका वडा अध्यक्ष कार्कीले थोरै जमिनमा पनि सुपारी लगाउन सकिने र सुपारी आम्दानीको दृष्ट्रिकोणले समेत राम्रो भएकोले कृषकहरुलाई सुपारी खेतीतर्फ प्रोत्साहनका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

वडा कार्यालयबाट रु १ लाख बजेट विनियोजन गरी कृषकहरुलाई सुपारीका विरुवा वितरण गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *