काठमाडौं, १३ असार–नेकपा (एकीकृत समाजवादी) ले बजेटको पक्षमा मत दिने भएको छ। बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संघीय संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मेटमणि चौधरीले जानकारी दिए।

‘पक्षमा भोट हाल्ने निर्णय भएको छ,’ उनले भने। बजेट असन्तुलित भएको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतले विरोध जनाउँदै आएका थिए।

यसैबीच बजेट पारित गर्ने विषयमा छलफल गर्न जनता समाजवादी पार्टीको पनि संसदीय दलको पनि बैठक बस्दैछ।

प्रतिनिधि सभाको बैठक अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ। आज बजेट पारित गर्ने कार्यसूची रहेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *