काठमाडौं, १३ असार–प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको विश्वास ९९.९९ बाट ५३ प्रतिशतमा झरेको बताएका छन् ।

बजेट पारित भएपछि संसद्बाट बाहिरिने क्रममा ओलीले नतिजा थाहा हुँदै पनि प्रक्रियामा गएको बताए । ‘बजेट पारित हुन्छ भन्ने थाहा थियो । हामी प्रक्रियामा गएका हौँ’, उनले भने, ‘सरकारप्रति ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्‍यो ।’

प्रतिनिधिसभाको बैठकमा एमालेले विनियोजन विधेयकमाथि मतदान हुँदा पक्षमा १ सय ४७ र विपक्षीमा १ सय ८ मत परेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *