काठमाडौँ, १५ असार–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कृषि क्रान्ति विना अर्थतन्त्रको विकास सम्भव नभएको बताउनु भएको छ ।

२० औं राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिँदै नेता खनालले कृषि उत्पादन वृद्धि गरी कृषिलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको टिप्पणी गर्नुभएको हो ।

‘नेपाल एक कृषिप्रधान देश भएकाले अधिकांश जनता कृषिमा संलग्न रहेका छन्। तसर्थ, समग्र रूपमा कृषि क्रान्तिलाई सम्पन्न नगरी कृषि अर्थतन्त्रको विकास सम्भव छैन। कम्तीमा पनि यति बेला कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि आवश्यक आधुनिक उपकरणहरू उपलब्ध गराउन, किसानका अधिकार सुनिश्चित गर्न, कृषि उत्पादन सम्बन्धी विशेष तालिमहरू प्रदान गरेर कृषि उत्पादन वृद्धि गरी कृषिलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको छ।’

समयमै मलबीउ प्रविधि र वैज्ञानिक सेवा उपलब्ध गराउन, राहत, सहुलियत र अनुदान उपलब्ध गराउन, किसानहरूले उठाउँदै आएका जायज मागहरूलाई सम्बोधन गर्न र किसान समुदायले उत्पादन गरेका कृषि उपजहरूलाई उचित बजारको सुनिश्चितता गर्न भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउनु भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *