दमक, १५ असार–झापाको दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी स्कुलका विद्यार्थी तथा शिक्षक-शिक्षिकाहरुले आज राष्ट्रिय धान दिवस अर्थात असार १५ मनाएका छन् ।
दिवसमा स्कुलका विद्यार्थीहरु, शिक्षक-शिक्षिका र अभिभावकहरुले धानको वीउको तयार गरी धान रोपाइँसहित खेतबारीमै दहि, चिउरा, चिनी, केरा, आँप खाएका थिए ।
परम्परागत ज्ञान र सीपको विकास गराउने उद्देश्यले सर्वोदय अंग्रेजी स्कुलले राष्ट्रिय धान दिवस अर्थात असार १५ मनाएको हो । स्कुलका प्रिन्सिपल नवीन योगीका अनुसार विद्यार्थीहरुले कक्षा कोठाभित्र कितावको ज्ञान मात्रै पाउने भएकोले व्यवहारिक शिक्षा प्राप्त होस भन्ने उदेश्यले हिलो खेत बारीमा पुगेर धान रोपाइँ गरि दिवस मनाइएको हो ।

‘धर्ती सङ जोडिदैू, मौलिक असार १५ मनाउदै’ भन्ने नारासहित सर्वोदय अंग्रेजी स्कुलका विद्यार्थीहरुसंगै शिक्षक शिक्षिका र अभिभावकहरुको राष्ट्रिय धान दिवसमा सहभागिता थियो ।
प्रिन्सिपल योगीका अनृुसार स्कुलका स्काउट विद्यार्थीहरुले सामाजिक क्रियाकालपका साथ साथै धान रोप्ने विधी, माटोको तयारी, पानी र मलको प्रयोगसहित वीउको अवस्था, वीउलाई उचित व्यवस्थान लगायतका बारेमा व्यवहारिक ज्ञान प्राप्त गरेका छन् । त्यस अलवा सामुहिक भावना र अनेकतामा एकताको शन्देश समेत विद्यार्थीहरुले अनुभव लिएको प्रिन्सिपल योगीले बताए ।
प्रिन्सिपल योगीले विद्यार्थीहरुलाई राष्ट्रिय धान दिवस भनेको के हो ? यो किन मनाइन्छ ? आदी विषयमा विद्यार्थीहरुलाई जानकारी बताए ।




