काठमाडौं, १६ असार–सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले जनताले अपेक्षा गरेअनुसार विकासले गति लिन नसकेको बताएका छन्।
६५ औं संसद दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले अपेक्षा गरेअनुसार विकासका काममा गति लिन नसकेको बताए।
‘जनताले अपेक्षा गरे बमोजिम विकासले गति लिन सकेको छैन। शासन, प्रशासन चलेको छैन। भ्रष्टाचार अहिले पनि व्याप्त छ। ती सबै भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनुपर्ने हुन्छ,’ उनले भने, ‘यी सबैमा निगरानी जनताका प्रतिनिधिहरूकै हुन्छ। जनताको प्रतिनिधिको हैसियतले सांसदहरूले नै यो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।’
त्यसैले सरकारलाई सांसदहरूले दबाब दिइरहनुपर्ने पनि उनले बताए। सांसदहरूको भूमिका महत्वपूर्ण हुने पनि उनले बताए।
‘यस अर्थमा सांसदहरूको भूमिका कतिको प्रभावकारी हुन सकेको छरु सांसदहरूको दबाबले कति काम गर्न सकिएको छरु यो आफ्नो ठाउँमा छ,’ उनले भने, ‘सांसदहरूको भूमिकाको सन्दर्भमा सरकारको भूमिकाको महत्वपूर्ण भूमिका हुन्छ। सुन्नुपर्ने निकायले सुनिदिएन भने, गर्नुपर्ने निकायले चासो राखेन भने त्यसले ठूलो समस्या खडा गर्छ। त्यसो हुनाले सबै बीचको सम्बन्ध अनुन्याश्रित छ।’
