काठमाडौं, १७ असार—मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली छ।

लुम्बिनी प्रदेशको थोरै स्थानमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

रातिको समयमा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

काठमाडौं उपत्यकाको आकाश अहिले आंशिक बदली रहेको छ। आज राति वर्षाको सम्भावना छ।

असार १७ गते आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।

कोशी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *