काठमाडौँ, १७ असार—प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् ।

आज (आइतबार) संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै ओलीले कोशी प्रदेशको नामाकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि नहट्ने बताएका हुन् ।

कोशी प्रदेशको नामाकरणमा मत दिने कांग्रेस, माओवादी, जसपा सबै भागेको तर एमाले नभाग्ने उनको भनाइ छ । अध्यक्ष ओलीले ललिता निवास प्रकरणका बिषयमा भने राम्रोसँग बुझ्न नपाएको बताएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *