दमक, १८ असार–झापाको मेचीनगर नगरपालिका–१० मा सोमबार बिहान हात्तीले कुल्चिँदा वृद्धाको मृत्यु भएको छ। ८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको वडाध्यक्ष नारायण खनालले जानकारी दिए।

पूजा गर्न फूल टिप्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको हो। सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन्।

झापामा ६ दिनअघि मात्र हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई हात्तीले कुल्चेर मारेको थियो।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र झापामा हात्तीको आक्रमणबाट आठजनाको ज्यान गएको जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *