दमक, १९ असार–सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस नेता उद्धव थापालाई बनाउन निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउन समझदारी बनेको हो ।

‘सत्ता साझेदार दलको बैठक बस्यो । कोशी प्रदेशमा कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका प्रदेश पार्टीलाई पत्र लेख्ने निर्णय भयो’ बैठकमा सहभागी एक नेताले भने, ‘आ–आफ्नो पार्टीको संसदीय दलको बैठकले निर्णय गरेर कांग्रेस नेता थापालाई मुख्यमन्त्री प्रस्ताव गर्ने छन् ।’

तर, थापाको कार्यकाल कति वर्ष हुने भन्ने विषयमा निर्णय भई नसकेको ती नेताले बताए । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको सरकारले विश्वासको मत नपाएपछि कांग्रेसबाट थापा, माओवादीबाट इन्द्र आङबोले मुख्यमन्त्रीमा दाबी गरेका थिए । अन्तिमता पहिलो कार्यकालको रूपमा कांग्रेसका थापाले मुख्यमन्त्री बन्ने अवसर पाएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *