दमक, १८ असार–सामाजिक कार्यमा सक्रिय रोटरी क्लव अफ दमकको आगामी एक बर्षे कार्यकालको नेतृत्व युवा व्यवसायी पदमराज बरालले सम्हालेका छन ।

बरालको नेतृत्वमा गत जुलाई १ देखि रोटरी दमकको नयाँ कार्यसमिति चयन गरिएको थियो । निर्वाचित समितिको वर्ष २०२३/२४ को निर्वाचित अध्यक्षमा विक्रमकुमार साह, प्रस्तावित अध्यक्षमा केशव अग्रवाल, सचिवमा भेनष श्रेष्ठ, सहसचिवमा अम्बिका न्यौपाने, कोषाध्यक्षमा देवेन्द्र बराल र सह–कोषाध्यक्षमा रमा लिम्बू चुनिएकी छन् ।

यसैगरि,क्लव प्रशासन प्रमुखमा शान्तिराम निरौला, क्लव सदस्य प्रमुखमा गौतम गुप्ता, सेवा आयोजना प्रमुखमा गंगाप्रसाद काफ्ले, सार्वजनिक सम्बन्ध प्रमुखमा भरतकुमार चम्लागाई, द रोटरी फाण्डेशन प्रमुखमा सन्दिप साहेवाला, युवा सेवा प्रमुखमा जस्मिन कारन्जित, सर्जन एण्ड आम्स प्रमुखमा एकता मल्लिक, प्रशिक्षकमा दिपु चापागाई र डा. लेखनाथ न्यौपानेले सल्लाहकारको जिम्मेवारी पाएका छन् ।

बराल नेतृत्वको सो क्लबले सोमबार पत्रकार सम्मेलन मार्फत आफनो बार्षिक कार्ययोजना सार्वजनिक गरेको छ ।

रोटरी क्लब अफ दमकको वर्ष २०२३ /२०२४ का लागि नवनिर्वाचित समितिले पत्रकार सम्मेलन गरि बार्षिक कार्य योजना सार्वजनिक गरेको हो ।

रोटरीका नवनिर्वाचित अध्यक्ष पदमराज बरालले सामाजिक कार्यसहितका विभिन्न सातवटा योजना अन्तर्गत गरिने कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए ।

रोटरी क्लवले मूलत शान्ति स्थापना र द्धन्द्ध व्यवस्थापन, रोगको रोकथाम र उपचार, पानी र सरसफाई, आधारभूत शिक्षा र साक्षरता, आमा र बच्चाको स्वास्थ्य, आर्थिक विकास र समुदायको विकास र वातावरण सम्बन्धी कार्य गरिने उनले जानकारी दिए ।

सोहि अनुसार रोटरी दमकले स्थानीय स्तरमा विभिन्न गतिविधिमूलक कार्य सञ्चालन गर्ने उनको भनाई छ । अध्यक्ष बरालका अनुसार एक वर्षको ती कार्यक्रम सम्पन्न गर्न रोटरी सदस्यहरुमार्फत आन्तरिक रुपमा १६ लाख ४६ हजार र वाहयमार्फत रु ३० लाखको सहयोग प्राप्त हुने अनुमान गरिएको छ ।

सो अवसरमा रोटरी क्लव अफ दमकका सल्लाहकार सन्दिप चापागाईले रोटरीको कार्य क्षेत्रका बारेमा जानकारी गराएका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *