काठमाडौं, २० असार–मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जनाको मृत्यु भएको छ। अहिलेसम्म बाढी–पहिरोबाट ४ करोड ८० लाख बराबर क्षति भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

गृह मन्त्रालय अन्तर्गत रहेको पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएअनुसार पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र ५ जना बेपत्ता तथा १३ जना घाइते छन्।

मृत्यु हुनेमा पुरूष ११ जना र महिला ४ जना रहेका छन्। पहिरोबाट ४५४ जना परिवार प्रभावित भएको शाखाले जानकारी दिएको छ।

बाढीबाट ९ जनाको मृत्यु भएको छ। २० जना बेपत्ता रहेको गृह मन्त्रालयको तथ्यांक छ।

मृत्यु हुनेमा पुरूष ५ जना, महिला ३ र पहिचान हुन नसकेको १ जना रहेको गृहमन्त्रालयले जानकारी दिएको छ। बाढीबाट ११२ घर परिवार प्रभावित भएको तथ्यांक छ।

बाढीबाट ४ करोड ६६ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको मन्त्रालयले आँकलन गरेको छ।

त्यस्तै पहिरोबाट १३ लाख ४१ हजार ५०० रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ।

अहिलेसम्म संखुवासभामा बाढीपहिराले बढी क्षति पुर्‍याएको छ। संखुवासभामा ३ जनाको मृत्यु र १९ जना बेपत्ता रहेको तथ्यांक छ।

त्यस्तै ताप्लेजुङको पहिरोमा ३ जनाको मृत्यु र ३ जना बेपत्ता रहेका छन्। पाँचथरमा आएको बाढीमा ३ जनाको मृत्यु भएको र ३ जना बेपत्ता भएको तथ्यांक छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *