चितवन, २१ असार–उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणाकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपनि मिटरब्याज पीडितहरूलाई न्याय दिने अभियान नरोकिने बताएका छन्।

बिहीबार बिहान भरतपुरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितका लागि गठन गरेको आयोग र हरेक प्रमुख जिल्ला अधिकारीको कार्यलयमा गठन गरिएको सहजीकरण समितिको काम जारी रहने बताए।

‘सामन्ती, उत्पीडक र शोषकको यो अवशेषलाई हरहालतमा अन्त्य गरिनेछ,’ उनले भने, ‘यो अभियानलाई असफल पार्छु भनेर कसैले नसोचे हुन्छ। यसपटक यो अभियान सफल हुन्छ।’

माओवादी केन्द्रका वरिष्ट ‍उपाध्यक्षसमेत रहेका उनले संसदमा विचाराधीन रहेको विधेयकलाई सरकारले तुरून्तै अगाडि बढाउने पनि बताए।

‘यस्तो नहुनुपर्थ्यो। एकातिर अध्यादेश निष्क्रिय हुने अर्कातिर विधेयक पारित नहुने स्थिति नआउनुपर्थ्यो। त्यसमा संसदमा मुख्यतः त्यसलाई रोक्ने शक्तिका बारेमा भन्न परेन । त्यसले कसको पक्ष लिएको छ भन्नेबारे स्पष्टै भइसकेको छ,’ उनले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *