विराटनगर, २२ असार–कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्रीको शपथ लिएका छन्। आज विहान प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम हिजो कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका सांसद एव‌ समाभुख बाबुराम गौतमको हस्ताक्षरमा मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेता थापाले आज शपथ लिएका हुन्।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले कमल जबेगुलाई मन्त्री बनाएको छ। नेपाली काङ्ग्रेसबाट प्रदिप सुनार मन्त्री बने। उनीहरुले पनि शपथ लिएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *