काठमाडौं, २२ असार–सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्वमन्त्री प्रेम आलेले ललिता निवास प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाल दोषी देखिए कारबाही गरे हुने बताएका छन् ।
काठमाडौंमा आयोजित ‘दृष्यमा खप्तड’ कार्यक्रमबाट बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ललिता निवास प्रकरणमा अध्यक्षको नाम जोडिएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘भ्रष्टाचारको फाइल खोल्नु पर्छ । अपराधीलाई जाक्नु पर्छ । उहाँको मात्रै होइन ।
एमालेका विष्णु पौडेलको नाम पनि उठेको छ । जोसकुै होस् कारबाही गर्नुपर्छ । दोषी देखिएर कारवाही गरे हामी मुर्दावाद भन्दै सडकमा आउँदैनौं ।’
सरकारले अहिले ललिता निवास जग्गा प्रकारणबारे छानविन गरिरहेको छ । सो प्रकरणमा अध्यक्ष नेपालसहित पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईसहित हाइ प्रोफाइलका व्यक्तिहरुको नाम मुछिएको छ ।
