दमक, २२ असार–कोशी प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का कमल जबेगु मन्त्री नियुक्त हुनु भएको छ । पाँचथर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनु भएका जबेगू मन्त्रीमा नियुक्त हुनु भएको हो ।
मन्त्री जबेगुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराउनु भएको हो । पहिलो चरणमा एकीकृत समाजवादी पार्टीका कमलप्रसाद जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त हुनु भएको हो ।
मन्त्रीद्वय जबेगु र सुनुवारले पनि आजै शपथ ग्रहण गर्नु भएको छ । नवनियुक्त मन्त्रीद्वयको कार्य विभाजन भने पछि तय हुने बताइएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराउनु भएको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापा मुख्यमन्त्री बन्नु भएको हो ।
