दमक, २३ असार–इवा खोलाको बाढीबाट विस्थापित पाँचथर जिल्लाको याङवरक गाउँपालिका (फलैचा र च्याङथापु) को वडा नं १ र २ का ६७ घर परिवारलाई खाद्यान्य सामाग्रीहरु उपलब्ध गराइएको छ ।

कोशी प्रदेश इसाई समाज, क्विक रेस्क्यु टिम नेपाल र जेपिएन लगायतको सहकार्यमा बाढी पीडितहरुलाई खाद्यान्य सामाग्रीहरु उपलब्ध गराइएको हो ।

पाँचथर याङवरक घर भइ हाल दमकमा व्यवसायसंगै सामाजिक कार्यमा सक्रिय पाष्टर डिके बेधाका अनुसार असार २ गते स्थानीय इवा खोलामा आएको बाढीले याङवरक गाउँपालिका (साविकः फलैचा र च्याङथापु) वडा नं १ र २ का ६७ घर विस्थापित भएका थिए ।

विस्थापित परिवारहरुलाई दैनिक जीवन यापनमा समस्या भएपछि स्थानीयवासी हालः दमकमा व्यवसायसंगै सामाजिक कार्यमा सक्रिय पाष्टर बेघाको विशेष सक्रियतामा खाद्यान्य सामाग्रीहरु वितरण गरिएको हो ।

यसअघि, पाष्टर बेघाको नेतृत्वमा कोरोना कोभिडको समयमा सो क्षेत्रका स्थानीयवासीलाई स्वास्थ्य सामाग्रीहरु सहित खाद्यान्य सामाग्रीहरु वितरण समेत गरिएको थियो ।

बेघाले आफ्नो गाउँपालिकाभरीका ७ वटा सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई चिसोमा लगाउने न्यानो (सुइटर ज्याकेट) कपडा र स्टेसनरी सामाग्रीहरु प्रदान गरिसकेका छन् । त्यस्तैं, बेघाले गाउँपालिकाका जेष्ठ नागरिकहरु र असहाय आमा बुबाहरुलाई फाइबरका सिरक र कम्बल वितरण गरेका छन् ।

वेघा दमकमा होटल व्यवसायका साथ सामाजिक कार्यमा सक्रिय छन् । उनी इसाई धर्मालम्वीका पाष्टर हुन् । उनी दमक नगर इसाई समाजका पूर्व सहसचिव समेत हुन् ।

वर्षा र भरीको कारण विस्थापितहरुको स्वास्थ्यमा समस्या हुने भन्दै गाउँपालिकाको कार्यालयले त्रिपाल, ओढ्ने ओच्छाउने कपडासहित भाडा वर्तनहरु वितरण गरिएको छ ।

खाद्यान्य सामाग्री हस्तान्त्रण कार्यक्रममा याङवरक गाउँपालिका वडा नं १ का अध्यक्ष राजेन्द्र खालिङ राई, वडा नं २ का अध्यक्ष देउकुमार लिम्बू, वडा सदस्य तेजकुमार दुमी राई, वडा नं १ का सदस्य गंगाप्रसाद खरेल, इलाका प्रहरी कार्यालय च्याङथापुका प्रहरी नायव निरीक्षक भीमबहादुर थेबे, क्विक रेस्क्यु टिम नेपालका अध्यक्ष बिक्रम लिम्बू एक्तेन, फलैचा च्याङथापु सरोकार समाजका अध्यक्ष शरद अधिकारी, स्थानीय युवा मंगल बेघा लगायतको उपस्थिति रहेको थियो ।

सहयोग हस्तान्त्रण कार्यक्रमपछि गाउँपालिकाकोल तर्फवाट याङवरक–१ र २ का वडा अध्यक्ष क्रमशः राजेन्द्र खालिङ राई देउकुमार लिम्बूले सहयोग उपलब्ध गराउनुहने संघसंस्था र सहयोगी व्याक्तित्वहरुप्रती धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

त्यसक्रममा खाद्यान्य सामाग्रीहरु जुटाउने संघ–संस्थाहरुको तर्फबाट पाष्टर डिके बेघाले बाढीबाट विस्थापितहरुको निम्ति सहयोग संकलन भएको र त्यसलाई वितरण गर्ने कार्यमा स्थानीय जनप्रतिनिधि, संघसंस्था, जनपथ प्रहरी, सशस्त्र प्रहरी, राजनीतिका पार्टीका प्रतिनिधिहरुप्रती धन्यवाद व्यक्त गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *