काठमाडौं, २३ असार–प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको बताएका छन्।

नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चको शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूहरूको लागि सत्ता प्रधान नभई राष्ट्रको भविष्य प्रधान भएको बताएका हुन‍्।

‘अहिले हाम्रा लागि सत्ता प्रधान होइन। हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो। अब यो राष्ट्र निर्माण गर्नका लागि कमजोरहरूको सहकार्यबाट राष्ट्रको निर्माण हुन सक्दैन,’ उनले भने, ‘बलियो राष्ट्रिय शक्तिको रूपमा नेकपा एमालेको विकास अबको हाम्रो संकल्प हो भन्ने मान्यताको आधारमा हामीले मिसन ग्रासरुट अभियान थालेका थियौं।’

कमजोर राजनीतिक शक्ति माओवादी केन्द्र नेतृत्वको सरकारलाई मानेर अघि बढ्नुपर्ने बिडम्बनापूर्ण भएको उनले बताए।

उनले राजनीतिक दल धेरै भएकाले पनि अस्थिरता भएको बताए। नेपाली समाजले अब एउटा बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको पनि उनले बताए।

त्यसका लागि एमालेले चुनाव लगत्तै मिशन ग्रासरूट सञ्चालन गरेको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *