काठमाडौं, २३ असार–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले नयाँ र स्वतन्त्र भनिएका दलहरुको हविगत छिट्टै पुरानै दलको जस्तो हुने दाबी गरेका छन्।

शनिबार पार्टीनिकट कानुन व्यवसायीहरूले काठमाडौंमा आयोजना गरेका कार्यक्रममा महासचिव भूसालले दलाल, पुँजीवादविरुद्ध कसैले आवाज नउठाएकाले छिट्टै उनीहरू पनि पुराना पार्टीजस्तै बताए।

‘त्यस्तो सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सृजना हुन्छ । र, हाम्रा बच्चाबच्चीहरुले नयाँ जिन्दगीका लागि रोजगारी पाउँछन । र, त्यो भन्दा राम्रो रोजगारी पाउँछन । यसतर्फ उनीहरुका पनि मुद्दा केन्द्रित छैनन्,’ उनले भने।

भूसालले यस्ता कुराहरू उठाउने पार्टी एकीकृत समाजवादी मात्रै रहेको पनि दाबी गरे।

उनले क्रान्तिले गर्नुपर्ने काम भनेको आजको दलाल, पूँजीवादको समस्या र त्यसले सिर्जना समस्या समाधान गर्नु रहेको बताए ।

दलाल पूँजीवाद, बिचौलिया तन्त्रमाथि प्रश्न नगरिएको कानुनी, संवैधानिक व्यवस्था, त्यस्तो राजनीतिक पर्यप्न, त्यस्ता राजनीतिक अभियान दुई दिनका कुरा हुने पनि महासचिव भूसालले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *