शिबगञ्ज (शिबसताक्षी), २३ असार–झापाको शिबसताक्षी नगरमै पहिलो पटक शिबगञ्जस्थित वडा नं ६ को कार्यालयले कृषकहरुका लागि उत्पादन लागतमा अनुदान कार्यक्रमको रकम हस्तान्त्रण गरिएको छ ।

वडा कार्यालयले वडाभित्रका कृषकहरुलाई उत्पादनमुखी कार्यमा प्रोत्साहन गर्न नगरमै पहिलो पटक उत्पादन लागतमा अनुदान कार्यक्रम ल्याइएको वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताउनुभयो । यसअघि, पनि सोही वडाबाट अध्यक्षमा निर्वाचित भएर वडावासीको सेवा गरेर मन जीत्न सफल अध्यक्ष कार्कीले आर्थिक वर्ष २०७९/०८० कृर्षि विकास कार्यक्रम अन्तर्गत रु २५ सयदेखि ५१ हजारसम्म ७२ जना कृषकहरुलाई अनुदान रकम प्रदान गर्नुभएको हो ।

शिबसताक्षी–६ वडा कार्यालयमा सो कार्यक्रम आयोजना गरिएको र सो कार्यक्रमबाट पहिलो पटक ७२ जना कृषकहरुलाई समेट्न सपल भएको र आगामी आर्थिक वर्ष २०८०/०८१ मा यस कार्यक्रमलाई निरन्तरता दिदैं लैजाने वडा अध्यक्ष कार्कीले बताउनुभयो । उत्पादनका लागि छनौट जात, त्यसको मात्रा र जग्गाको क्षेत्रफलको आधारमा कृषकहरुलाई अनुदानको रकम वितरण गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

वडा कार्यालयले कार्यक्रमको बारेमा सार्वजनिक सुचना प्रकाशित गरेर वडावासीलाई सम्पर्क गर्न अनुरोध गरेको र जसमध्ये यसवर्ष ७२ जना कृषकहरु समेट्न सफल भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार उत्पादन हुने खेतवारी बजारीकरण र सहरीकरणले क्रमशः मासिन्दै गएको र केही खेतवारी खाली छोड्नुको मुख्य कारणले हाम्रो देशमा अन्नपात, तरकारी, फलफूल लगायतका कृषि उपजहरु अन्य देशबाट आयत गर्नुपर्ने भएकोले कृषकहरुलाई अनुदानको कार्यक्रम ल्याइएको हो । धान, गहुँ, मकै, तोरी, माछा, तरकारी र फलफूल उत्पादनमा शिबगञ्ज उर्वरभूमि हो, कार्कीले भने–वडा नं ६ शिबगञ्जमा कृषकहरुले आफ्नो खेतवारी बाँझो राख्नहुन्न भन्ने हो ।

अनुदानको रकम सवै भन्दा धेरै तोरी खेती गर्ने कृषकहरुले पाएका छन् । त्यसपछि मकै खेतीतर्फ, आलु, तरकारी, लहरेवाली, तरभुजा, खरभुजा खेती गर्ने कृषकहरुले अनुदानको रकम पाएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *