काठमाडौँ, २३ असार–समाजवादी मोर्चाको आज बसेको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ। मोर्चाको आगामी बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने बताइएको छ।

यसैगरी, मोर्चाले ४ सदस्यीय कार्यदल बनाएको छ। कार्यदलमा नेकपा (एकीकृत समाजवादी) का प्रमेश हमाल‚ नेकपा (माओवादी केन्द्र) का देव गुरुङ‚ जनता समाजवादी पार्टी (जसपा) का राजेन्द्र श्रेष्ठ र विप्लव नेतृत्वको नेकपाका खड्गबहादुर विश्वकर्मा रहेका छन्।

कार्यदललाई मोर्चाको आचारसंहिता र भावी नीति तथा कार्यक्रम बनाउने जिम्मा दिइएको छ।

मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ। मिति घोषणा गर्ने काम २७ गते कार्यक्रमको बैठकले गर्ने एकीकृत समाजवादी नेता राजेन्द्र पाण्डेले बताए।

बैठकले मोर्चाका समझदारीबारे आगामी बैठकले टुंगो लगाउने निर्णय गरेको छ। ६/६ महिनामा फरक फरक दलले आलोपालो मोर्चाको अध्यक्षता गर्ने सहमति भएको छ।

दीर्घकालमा पार्टी एकताकै लक्ष्यका साथ हाललाई मोर्चाबन्दी गरिएको नेताहरूको भनाइ छ। बैठक नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बैठक बसेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *