पाडाजुङ्गी (कमल), २५ असार–झापाको दमक–१ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बेलुका साढे ९ बजे लागुऔषध ब्राउनसुगर बिक्री वितरण भइरहेको छ भन्ने विषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लुकाईछिपाई राखेको अवस्थामा ५ ग्राम ब्राउन सुगर फेला पारेको हो ।

लागुऔषध ब्राउनसुगरसगै २० वर्षीय शैलेशकुमार मगर, २३ बर्षीय एनोस राई, दमक–२ का २८ वर्षीय मदनबहादुर मगर, २५ वर्षीय हेम श्रेष्ठ र दमक–६ का २० वर्षीय अन्जान मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *