काठमाडौं, २५ असार–पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पंक्तिमा पुर्‍याउन आवश्यक रहेको बताएका छन्।

सोमबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पुष्पलाललाई नेपालको राजनीतिमा शिखर व्यक्तित्वको रुपमा स्मरण गरे।

उनले कम्युनिष्ट आन्दोलनको जन्मदाता, सुरुवातकर्ता, संस्थापक मात्रै नभई पुष्पलाल नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व रहेको बताए।

उनले भने, ‘पुष्पलाल नेपालको राजनीतिको एउटा शिखर व्यक्तित्व हुनुहुन्थ्यो। कम्युनिष्ट आन्दोलनको जन्मदाता, सुरुवात कर्ता, संस्थापक मात्रै होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले नै कांग्रेस र कम्युनिष्ट नमिलेसम्म निरंकुश सत्तालाई फाल्न सकिँदैन भन्ने निष्कर्ष अघि सार्नुभएको थियो। उहाँको कुरा पालना नगरेसम्म पञ्चायती व्यवस्था ढाल्न सकेनौँ। उहाँ दूरदर्शी नेता हुनुहुन्थ्यो। उहाँका योगदानलाई अझै हामीले युवा पंक्तिको बीचमा पुयाउन सकौँ, उहाँको प्रेरणा लिन उत्प्रेरित गर्न सकौँ।’

अध्यक्ष नेपालले कांग्रेस र कम्युनिष्ट नमिलेसम्म निरंकुश सत्तालाई फाल्न सकिँदैन भन्ने कुरा पुष्पलालले धेरै पहिला भनेअनुसार नै पछि आएर पञ्चायती व्यवस्था ढालेको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *