केर्खा (कमल), २५ असार–झापाको केर्खास्थित ट्राफिक प्रहरी पोष्टले सोमबार ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक सप्ताहको आज सातौं दिन अर्थात समापनको अवसर पारेर केर्खास्थित पूर्व–पश्चिम लोकमार्गमा सञ्चालित सवारी साधनका मजदुरहरु, यात्राहरु र सर्वसाधरणहरुलाई संचेतना मुलक नारासहितको पर्चा र स्टिकर वितरण गरिएको थियो ।

यसअघि, केर्खा ट्राफिक प्रहरी पोष्टको आयोजनामा केर्खा प्रहरी कार्यालयको प्राङ्गणमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय उद्यमी–व्यवसायीहरु, यातायात मजदुरहरु, यातायात व्यवसायीहरु, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरु र युवा तथा महिलाहरुको सहभागितामा अन्तक्रिया सहित ट्राफिक सप्ताहको समिक्षा गरिएको प्रहरी सहायक निरीक्षक रोहित कुमार थापाले जानकारी दिनुभयो ।

केर्खा ट्राफिक प्रहरी पोष्टका कार्यलय प्रमुख प्रसनि थापाका अनुसार १९ असारदेखि सुरु भएको ट्राफिक सप्ताहलाई केर्खा ट्राफिक पोष्टले उत्साहजनक सहभागितामा भब्य र सभ्य ढंगले मनाइएको छ । प्रसनि थापाले ट्राफिक सप्ताहको सुरुवातदेखि समापनसम्म झण्डै २५ सय बढी आमसडक प्रयोगकर्ताहरु लाभान्वित भएको बताए ।

थापाले राजमार्गमा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न यस्ता कार्यक्रम र अभियानले सहयोग पुग्ने बताए । थापाका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लामा ट्राफिक सप्ताह एक साथ शुरु गरिएको हो ।

सप्ताह मनाउने क्रममा राजमार्गमा सवारी साधनहरुलाई तीब्रगति नियन्त्रणका लागि राडर गन चेकिङ गर्नुका साथै विभिन्न सवारीका चालक र पैदल यात्री तथा आम सडक प्रयोगकर्ताहरुलाई सडकमै भेला गराई प्रशिक्षण गरिएको प्रसनि थापाले बताए ।

सो कार्यक्रममा पैदल यात्रा गर्नेहरुलाई जेब्राक्रसबाट बाटो काट्ने अभ्यास गराइएको छ । सवारी चालकहरुको स्वास्थ्य परिक्षण साथे जीवन बीमा लगायत सम्पूर्ण कागजपत्र नवीकरण गर्न सुझाइएको छ । साथै, जेब्राक्रसमा पैदलयात्रीलाई बाटो काट्न प्राथमिकता दिन सम्झाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *