धरमपुर, २५ असार–पछिल्लो समय बसाई सराईको दृष्ट्रिकोणले होस या ग्रामिण बजारीकरण तिब्र विकासको क्रमले झापाको शिबसताक्षी–२ (साविकः धरमपुर–५) मा रहेको मंगलाबारे बजार लोभलाग्दो बन्दैं छ । बजारको क्षेत्रभित्र टायल ओच्छ्याइएको छ भने बजारभित्रका टहराहरु र साप्ताहिक रुपमा लाग्ने हाँटलाई व्यवस्थित गरिएको छ ।

बजारमा भौतिक पूर्वाधार, सडक, यातायात, शिक्षा, स्वास्थ्य, शान्तिसुरक्षा लगायत स्थानीय व्यापार व्यवसायमा समेत निकै ठूलो फड्को मारिरहेको मंगलबारे बजार र आसपासका गाउँ–टोलमा वसाई सराईको शिलशिलामा आउनेहरुको संख्या पनि बढ्दो क्रममा छ ।

यहि बजार व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन गरिएको छ । मंगलाबारे बजार व्यवस्थापन समितिका अध्यक्ष तथा शिबसताक्षी २ का वडा अध्यक्षमा निर्वाचित हुनु भएपछि बजार व्यवस्थापन समितिको कार्यसम्पादनमा केही समस्या भएको थियो ।

वडा अध्यक्ष हुनु अघि भीम नेम्बाङको सक्रियतामा मंगलाबारे बजार व्यवस्थापन समितिले दर्जनौ योजना र बजेट ल्याएर बजारको विकास र परिवर्तनमा महत्वपूर्ण योगदान गर्नुभएको थियो । नेम्बाङले राज्यको तिनै तहको सरकारसंग सहकार्य गरेर मंगलाबारे बजारमा ठूलो योजना र बजेट ल्याउन सफल भएका थिए ।

शनिबार, मंगलाबारे बजारमा आयोजित भेलाद्धारा आगामी कार्यकालको लागि मंगलाबारे बजार व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन भएको छ । मंगलाबारे बजारको विकास र व्यवसायीहरुको हितका लागि गठित समितिको अध्यक्षमा राजकुमार (राजु) दर्नाल, उपाध्यक्षमा डिकबहादुर (हरि) बोहोरा, सचिवमा नरबहादुर बुढाथोकी र कोषाध्यक्षमा लीलामाया कटुवाल सर्वसम्मत चुनिएका छन् । समितिको अन्य सदस्यहरु आगामी बैठकले मनोनित गरिने व्यवस्था छ ।

कार्यक्रममा बजार व्यवस्थापन समितिको अध्यक्ष लगायत पदाधिकारीहरुलाई वडा अध्यक्ष समेत रहनुभएका समितिका निर्वतमान अध्यक्ष नेम्बाङले सफल कार्याकालको शुभकामनासहित बधाई व्यक्त गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *